

विश्वकप फुटबल : अब ‘हेभिवेट’ भिडन्त



दोहा
फ्रान्सले विश्वकप फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । यो हुनेछ केलियन एमबाप्पेको लियोनल मेसीसँगको भिडन्त पनि । डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधबार ‘अन्डर डग’ मोरक्कोलाई २–० ले हराएपछि फाइनलमा दुई ठूला टिमबीच हेभिवेट भिडन्त हुन लागेको हो । यसैक्रममा फ्रान्ससामु ६० वर्षयता पहिलोपल्ट लगातार विश्वकप जित्ने टिम हुने अवसर छ ।
सेमिफाइनलमा फ्रान्सको जितमा थिओ हर्नान्डेज र वैकल्पिक खेलाडी रान्डल कोलो मुवानीले गोल गरेका थिए ।

विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश रहेको मोरक्कोले बलियो चुनौती पेस गरे पनि त्यो फ्रान्सेली आधार पन्छाउन पर्याप्त रहेन । फ्रान्स विश्वकपको पछिल्ला सात संस्करणमा फाइनल पुगेको चौथोपल्ट हो । सन् १९६२ मा ब्राजिलले यसअघि आफूले जितेको उपाधिको रक्षा गरेको थियो । फ्रान्ससामु अहिले यस्तै ऐतिहासिक अवसर बनेको छ । खेललगत्तै फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले टिमलाई बधाई दिएका छन् ।
उनी उक्त खेल हेर्नकै लागि भनेर बुधबारै कतार पुगेका थिए । खेलमा पनि निकै भावुक देखिएका प्रशिक्षक डिडियर डेसच्याम्पले भने, ‘यो जितमा भावना लुकेको छ अनि गर्व उत्तिकै छ । हाम्रा लागि यो सेमिफाइनल जित्नु आफैंमा ठूलो पाइला हो । तर फाइनलमा एक अर्को ठूलो चुनौती रहनेछ । हामी पछिल्लो एक महिनादेखि सँगै खेलिरहेका छौं र यो सजिलो छैन । तर यसमा खुसी छौं, खेलाडीले गरेको कडा मिहिनेतको पुरस्कार पाएका छौं ।’
फाइनल भने आफैंमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का दुई मित्र मेसी र एमबाप्पेबीचको व्यक्तिगत भिडन्त हुने निश्चित छ । मोरक्कोविरुद्ध एमबाप्पेले गोल त गर्न सकेनन् तर दुवै गोलको उनको भूमिका भने रह्यो । अझ दोस्रो गोल उनकै कारण सम्भव भएको थियो । मोरक्कोविरुद्धको यस खेलकै क्रममा फ्रान्सेली रक्षापंक्तिमा केही कमजोरी पनि देखिए । यो अर्जेन्टिनी आक्रमणका लागि सूत्र हुन सक्नेछ । फ्रान्सका लागि मेसीसँगै जुलियन अल्भारेजलाई रोक्नु चुनौतीपूर्ण हुनेछ ।
अल्भारेजले मंगलबार भएको पहिलो सेमिफाइनलमा क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । अर्कोतर्फ मोरक्कोको फुटबल इतिहासकै सबैभन्दा ठूलो खेलमा उसका प्रमुख खेलाडी घाइते हुनु अभाग्यशाली रह्यो । प्रशिक्षक वालिद रेग्रागुइले आफूले सोचे जस्तो टिमलाई खेलाउन पाएनन् । उनले सेन्टरब्याक नएफ अगुर्डलाई चोटका कारण टिममा फिर्ता ल्याउन सकेनन् । अर्कोतर्फ एक गोलले पछाडि रहेकै स्थितिमा कप्तान रोमेन साइस चोट बोकर मैदान छाड्न बाध्य रहे ।
खेलपछि सबैभन्दा खुसी हुनेमा २४ वर्षीय कोलो मुवानी पनि रहे । उनले भने, ‘म त के भइरहेको छ, त्यो भन्न सक्ने स्थितिमा छैन । यो त चमत्कार नै हो र म आफैं सपना देखिरहेको छु । अब फाइनलको पालो । फाइनल खेल्नका लागि मात्र खेलिन्न, यो त जित्नका लागि खेलिन्छ ।’
फ्रान्सको सबैभन्दा ठूलो चुनौती मेसीलाई रोक्नु नै हुनेछ । अर्जेन्टिना सन् १९८६ यता पहिलो विश्वकप जित्ने अभियानमा छ । टोली अहिले पूर्ण लयमा पनि देखिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया