

कुवेतका राष्ट्रप्रमुख अहमदको ९१ वर्षको उमेरमा निधन

असोज १४, काठमाण्डौ ।
कुवेतका राष्ट्रप्रमुख ९ईमिर० शेख सभा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ ।
सभा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका अनुसार अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले खुलाएका छैनन् ।
सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका सभा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । सभा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।
यसैबिच सभा अलको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । यस्तै उहाँले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालीसक्नुभएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया