

बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता




दाङ । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नम्बर २ सिमलबुना निवासी अन्दाजी १६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भइ दंगीशरण वडा नम्बर २ मा रहेको मामा घर आएकी अन्दाजी १५ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बेपत्ता भएका किशोरीहरु सँगै नुहाउन गएकी त्यसै ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।
अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, इलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया