

डब्ल्यूएचओको चेतावनी कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जाने

ई–साझाकुरा, असोज १०
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए ।
सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाखभन्दा धेरै छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया