कपिलवस्तु पिपरा अस्पतालमा ओपिडी सेवा निःशुल्क

भगवती न्यौपाने कपिलवस्तु,
सरकारले जन स्वास्थ्यमा पहुच र सामाजिक सुरक्षा सहज तुल्याउने उदेश्य राखेर २०७२ साल चैत्र देखि स्वास्थ्य बीमा कार्यक्रम विभिन्न जिल्लामा सुरु गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि हाल सम्म धेरै नागरिकले स्वास्थ्य बीमा गरेका छन् । सरकारले पनि सबै व्यक्ति स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने लक्ष्य राखेको छ । सबै जिल्लामा कार्यक्रम पुर्याउने नेपाल सरकारको उद्देश्य छ ।

२०७५ साल जेठ महिना देखि कपिलवस्तु जिल्लाको पिपरा अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको हो । अहिले असार मसान्त सम्म आउदा ५७ हजार ३ सय ५८ जानाले स्वास्थ विमा सेवा लिएका छन् । कपिलवस्तु पिपरा अपस्पतालमा यता व्यवस्थापन समिति नगर प्रमुख चक्र पाणी अर्यालको अध्यक्षतामा १७ गते बसेको बैठक अनुसार अस्पतालले अति पिपन्न परिवारलाई लक्षित गर्दै ओपीडी र दर्ता शुल्क निशुल्क गरेको कपिलवस्तु पिपरा अस्पतालका डाक्टर आन्नद अधिकारीले बताउनु भयो । साथै उहाँले विगतगको वर्षमा भन्दा स्वास्थ्य विमाको सेवा लिने दिनप्रति दिन बढ्दै गएको बताउनु भयो ।

विपन्न र बृद्धलाई खास रोग लागेमा स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत लाग्ने विमाको प्रिमियम शत प्रतिशत सरकारले बेहोर्ने व्यवस्था छ । परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट बार्षिक १ लाख सम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्छन् । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो लागेको बताउदै पिपरा अस्पताले ल्याएको निशुल्क व्यवस्थाले धेरै राम्रो लागेको स्थानियहरुको भनाई छ ।

प्रतिक्रिया

खबर सबै