दधी–स्मृति साहित्य समाज कपिलवस्तुको अध्यक्षमा घिमिरे चयन

कपिलवस्तु ।  दधी–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको ५ औं वार्षिक साधरण सभा एवम् तेस्रो अधिवेशन कार्यक्रम आज सम्पन्न भएको छ ।

बाणगाङा उच्च मा. वि. लैगाईमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता तथा प्रमुख अतिथि दुर्गा बहादुर के सिको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा देवका भण्डारीको स्वागत र समीर शायरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सस्थाका कोषाध्यक्ष लेखनाथ घिमिरेले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो । यसैबीच सम्पन्न तेस्रो अधिवेशन बाट अध्यक्षतमा लेखनाथ घिमिरे चयन हुनुभएको छ भने उपाध्यक्षमा दुर्गा प्रसाद अधिकारी, सचिवमा शुसील कुमार अर्याल, सह सचीवमा राधा पाण्डे चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक साहित्यकार अर्जुन सरले जानकारी दिनुभएको छ ।

यस्तै समितिको कोषाध्यक्षमा बाबुराम भण्डारी सहित सदस्यहरुमा क्रमशः बुद्धिसागर बेल्बासे, प्रकाश भुसाल,गणेश पौडेल र पुनाराम घिमिरे चयन हुनुभएको छ ।

प्रतिक्रिया

खबर सबै