

कपिलवस्तुको डुमरामा सवारी दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु


शुशिल गैरे, असोज ४
बुद्धभूमि नगरपालिकामा आइतबार राती ८ बजे तिर भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर ९ इमिलिया–डुमरामा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी ५० बर्षीया रामधनी थारु रहेका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको लु १ च ५४४८ नं। को बोलेरो जीपले विपरित दिशाबाट आउँदै गरेको लु १० प ५९२४ नं। को मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।
सडकमा घाँस बोकेको साइकललाई जागाउन खोज्दा मोटरसाइकललाई जीपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
घटनाको थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया