

कपिलवस्तुको भलवाडका तीन टोल एकसाता देखि अन्धकारमा ।। प्राधिकरणले भने फोन पनि उठाउँदैन



असोज १ भलवाड
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.०९ का तीन वटा टोलका नागरिक पछिल्लो एक हप्तादेखि अन्धकारमा छन । वडा नम्बर ९ स्थित पडरिया टोल पश्चिम जिनुवा टोल र भर्तापुर टोलको केही भागमा विगत एकसाता देखि विद्युत अवरुध भएको छ तर आवस्यक मर्मतका लागि कुनै पहल भने भएको छैन । जसका कारण नागरिकहरु अन्धकारमा बसिरहेका छन् । तीन वटा टोलका करिब ५ सय घरधुरीहरु विद्युत सेवाबाट वञ्चित भइ अन्धकारमा बस्न बाध्य भएका हुन । पडरियामा रहेको ५० केभी क्षमताको ट्रान्सफर्मर बिग्रिएपछि त्यसको सहि समयमा मर्मत नहुँदा अहिले नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन ।

अहिले सो क्षेत्रका नागरिकहरुको रातको उज्यालो खोसिएको मात्र हाईन दैनिक कुटानि पिसानी, सूचना,संचार समेत विच्छेद भएको छ । तर यस विषयमा आफुहरु निरन्तर पहलका लागि लागिरहेको नेपाल विद्युत प्राधिकरण जितपुर शाखाले दावी गरेको छ । प्राधिकरण जितपुर शाखा प्रमुख कृष्ण पौडेलले आफ्नो अधिकार क्षेत्रभित्रको काम सम्पादान गरिसकिएको भन्दै अब जिल्ला शाखाले यस विषयमा काम गर्ने बताउनुभयो । आफुले छ दिन पहिले नै स्थालगत अनुगमन गरि समस्याका बारेमा जिल्लामा जानकारी गराएको बताउनुभएको छ । उहाँका अनुसार जलेको ट्रान्सफर्मरको मर्मतका लागि हेटौडामा पु¥याउनुपर्ने भएका कारण साधन अभाव छ । त्यस्तै नयाँ ट्रान्सफर्मरको पनि अभाव भएकाले समस्या समाधान गर्न नसकिएको हो । आफ्नो पनि सिमित अधिकार मात्र भएकाले त्यसको लागि पहल मात्र गर्न सक्ने शाखा प्रमुख पौडेलले बताउनुभयो ।
उता नेपाल विद्याुत प्राधिकरणमा स्थानि नागरिक देखि वडाका जनप्रतिनिधिहरुले सम्म सम्पर्कका लागि कोशिस गरे पनि कुनैपनि तहका कर्मचारीले फोन नउठाएको स्थानियले गुनासो गरेका छन् । विद्युत प्राधिकरणका प्रमुख जयकुमार यादव, ईन्जिनियर विशाल लामिछाने लगाएत विद्युत प्राधिकरणका कुनैपनि सम्पर्क नम्मबरबाट कुनै जवाफ नआएको हो । त्यस्तै स्थानिय नागरिकहरु तथा सामाजिक अगुवाहरुले सांसद सम्मलाई समस्याका बारेमा जानकारी गराए पनि हप्तादिन बढि हुदा पनि गाउँ अन्धकार छ । नागरिकहरुको दैनिक समस्यग्रस्त बनेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया