

दाङ : सिकार खेल्न गएका बेला गोली लागेर एक जनाको ज्यान गयो, दुई नाबालकसहित ८ जना पक्राउ

दाङ
दाङमा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको ज्यान गएको छ ।
बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमा सिकार खेल्न गएका लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिनुभयो ।
सिकार खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पड्किएको प्रहरीको भनाइ छ । घटनापछि ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना नाबालक छन् ।
प्रहरीले लमही–१ वसन्तपुरका ४० वर्षीय जीवलाल घर्तीमगर, ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, मृतकका दाइ २८ वर्षीय मीनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगरलाई पक्राउ परेका गरेकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया