उम्मेद्धार बनेका बुवाको मृत्यु भएपछि छोरालाई बनाइयो उम्मेद्धार

दाङ ।
दाङमा नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का आफ्ना अध्यक्ष उम्मेद्धार लबरू चौधरीको निधन भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।

आज बसेको जिल्ला सचिवालयको बैठकले लबरूका छोरा प्रदिप चौधरीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

प्रदिपले आजै निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदिपले उम्मेदवारी दर्ता पछि भने, ‘म बुवाको समाजसेवा गर्ने सपना पूरा गर्छु । शोकलाई शक्तिमा बदलेर चुनावी मैदानमा होमिनेछु ।’

लबरूको मंगलबार राति उपचारका क्रममा काठमाडौमा निधन भएको थियो ।

प्रतिक्रिया

खबर सबै