

झाडापखालाले लियो बालकको ज्यान

दाङ । दाङको तुलसीपुरमा झाडापखालाबाट एक बालकको ज्यान गएको छ । झाडापखालाबाट अन्य चार जना बिरामी परेका छन् ।
झाडापखालाबाट ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ११ उरहरीको पश्चिम थारुगाउँका तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल रहेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमरजेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो ।
बिरामी हुनेहरूमा तुलसीपुर ११ कै ५० वर्षीय बुद्धिराम, ४० वर्षीया गौरी, ५८ वर्षीय कलसीङ पुन र मिना पुन रहेका छन् । उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
बिरामीहरूमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखा परेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएका इन्चार्ज केसीले बताउनुभयो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया