बाणगंगा ८ को सूर्याेदय आधारभूत विद्यालयमा नतिजा प्रकाशन

कपिलवस्तु । कपिलवस्तुको बणागंगा नगरपालिका वडा नम्बर ८ स्थित सूर्याेदय आधारभूत विद्यालयले शुक्रबार वार्षिक नतिजा प्रकाशन सहित पुरस्कार र छात्रबृत्ती वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ स्थित सो विद्यालयले कक्षागत उत्तीण भएका प्रथम द्धितिय तृतीय तथा सान्त्वना स्थान ल्याएका र विभिन्न विधागत अब्बल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद सापकोटको अध्यक्षता सहित बाणगंगा नगरपालिकाका पुर्व शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुषालको विशिष्ठ आतिथ्यता सहित विद्यालयका शिक्षक सरस्वती सारुको स्वागत तथा शिक्षक रेशमलाल खनालको संचालनमा सम्पन्न भएको हो ।
सूर्याेदय आधारभूत विद्यालयले यसै शैक्षिक सत्र देखि विद्यालयमा अंग्रेजी माध्यमबाट पठानपाठन समेत सुरु गरेको जनाएको छ । गुणस्तरीय शिक्षालाई विकास गरी बालवालिकाहरुलाई पूर्ण अंग््रेजी माध्यमबाट पठनपाठन गराउने उद्धेशयका साथ नयाँ प्रणालीको सुरुवात गरएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै