

खाल्डाखुल्डी र धुलोले बिजोक बन्यो घोराही–लमही सडकखण्ड

दाङ ।
जिल्लाको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्ड खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त छ ।
सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डी र पछिल्लो समय सडकका घुम्तीहरु चौडा गर्ने क्रममा विभिन्न ठाउँमा काटिएका कारण खाल्डाखुल्डीसँगै धुलोका कारण सडकको अवस्था अस्तव्यस्त बन्न पुगेको हो । २३ किलोमिटरको दुरी रहेको उक्त सडकखण्डमा खाडल र धुलोका कारण अस्तव्यस्त मात्र सडक बनेको छैन दुर्घटनाको जोखिमसमेत बढाएको छ । सडकको नियमित मर्मत सम्भार नहुँदा विभिन्न ठाउँमा कालोपत्रे उप्किनका साथै घुम्तीहरुमा धुलो र खाडलका कारण यातायातका साधन चलाउन चालकलाई हम्मे–हम्मे पर्ने गरेको छ ।
गर्मी मौषसमा गाडी हिँड्दा उड्ने धुलोसँगै सडकमा परेका खाल्डाखुल्डी कारण सवारी साधन चलाउन समस्या हुने गरेको गाडी चालक दीपक खड्काले बताए । बिग्रिएको सडक समयमै मर्मत नगर्दा दुर्घटनाको जोखिम बढाएको उनले बताए । ‘सडक खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त बनेको छ । त्यसैमा धुलो उड्दा अगाडि केही देखिँदैन’, गाडी चालक खड्काले भने ‘बिग्रिएको सडकका कारण दुर्घटनाको जोखिम छ । तर सडक बनाउन सम्बन्धित निकायको ध्यान जाँदैन ।’ सडक जीर्ण बन्दा ठूला सवारी साधनभन्दा साना दुईपांग्रे सवारी साधनलाई थप समस्या हुने गरेको छ ।
दुईपांग्रे सवारी साधनका चालक र यात्रुलाई खाल्डाखुल्डीसँगै धुलोले सताउने गर्दछ । घोराही उपमहानगरपालिका ३ अन्तर्गत पर्ने मसोटखोलादेखि माथि पहाड उक्लिदा विभिन्न घुम्तीसँगै पछिल्लो समय सडकका मोडहरु चौडा गर्ने क्रममा सडक काटिँदा घुम्तीहरुमा धुलोका कारण सास्ती बेहोर्नुपरेको नागरिकको गुनासो छ ।
सडकमा खाडलसँगै अत्यधिक धुलोका कारण दुईपांग्रे सवारी साधन चलाउन पनि जोखिम मोल्नुपर्ने बाध्यता भएको घोराही निवासी मोहन थापा बताउँछन् । समयमै गन्तव्य पुग्नका लागि सानो सवारी साधन उपयुक्त भए पनि सडकमा परेका खाल्डाखुल्डी र धुलोका कारण मोटरसाइकल चलाउन निकै समस्या हुने गरेको उनले बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया