१२ औं कपिलवस्तु महोत्सवलाई दर्शकको साथ : थामिनसक्नु भिड, आज महोत्सवको अन्तिम दिन यि हुन् आजका कलाकार

ईसाझाकुरा संवाददाता

१२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा दर्शकको साथ पाएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै गएको छ । महोत्सवको दशौं दिन ३० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा शनिबार (हिजो) ३० हजार बढी दर्शकले अवलोकन गरेको महोत्सवमा ४० लाख बराबरको आर्थिक कारोबार भएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो ।

महोत्सव कपिलवस्तुलाई संसारभर चिनाउन महत्वपूर्ण सावित भईरहेको बताउनुभएको उहाँको भनाई छ आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक डोलकराम घिमिरेले बताउनुभयो । । हिजो शनिबार चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, आधुनिक गायक रमेशराज भट्टराई, बाल बलाकार जिया भूसाल, लोक दोहोरी गायक चन्द्र शर्मा, लोक दोहोरी गायीका आशा वि.सी., हास्यकलाकार सुमित घिमिरेसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेका थिए ।

महोत्सवको अन्तिम दिनको समापन कार्याक्रममा पुर्व मन्त्री तथा एमालेका युवा नेता महेश बस्नेत आउनु हुने भएको छ । दिउँसो १ बजे महोत्सवको समापन कार्याक्रम रहेको आयोजकले बताएको छ ।

महोत्सव निर्देशक छवि रेस्मीका अनुसार आज आईतबार चर्चित लोक तथा दोहोरी गायक कुशुल बेल्वासे, पप गायक माईला, डिजे मारियासहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । १० औं कपिलवस्तु डान्स आईडलतर्फ हिजो ६ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका छन् । जसमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार हिजो निशा सोमई प्रतियोगिताबाट बाहिरिएकी हुन् । प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा प्रतियोगिताबाट बाहिरिने छन् ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

खबर सबै