

चिकित्सा शिक्षा: एकीकृत प्रवेश परीक्षा कार्यविधि संशोधन, गलत उत्तर दिए नम्बर घट्ने




काठमाडौं- चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि संशोधन गरेको छ। संशोधित कार्यविधिमा एकीकृत प्रवेश परीक्षाको नतिजामा अपनाइने पर्सेन्टाइल प्रणालीमा नयाँ व्यवस्था गरिएको छ।
प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा समावेश हुनका लागि न्यूनतम ५०औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने साथै प्रत्येक सही उत्तरका लागि एक अङ्क प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि ०.२५ अङ्क घटाइने व्यवस्था संशोधित एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधिमा गरिएको छ। आयोगले उक्त प्रावधानका बारेमा शुक्रबार एक सुचना जारी गर्दै थप स्पष्ट पारेको छ।
आयाेगले पर्सेन्टाइल (Percentile) प्रणाली छिमेकी मुलुकलगायत अन्तराष्ट्रिय अभ्यास र प्रचलनमा रहेको साथै प्रतियोगितात्मक परीक्षाका लागि पर्सेन्टाइन प्रणाली उपयुक्त हुने, सरोकारवालावाट प्राप्त सुझाव र गतवर्षको नतिजा अध्ययन कार्यदलले सुझाएको प्रतिवेदनलाई समेत आधार लिइएको, नतिजामा पर्सेन्टाइल प्रणाली अवलम्वन गर्दा परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये न्यूनतम पचास प्रतिशत उम्मेदवार अध्ययनका लागि योग्य हुने जनाएकाे छ।
परीक्षार्थीले विषयवस्तु नबुझी अनुमानका भरमा मात्रै पनि उत्तर दिने तरिकालाई निरूत्साहित गर्न प्रति गलत उत्तर वापत ०.२५ अङ्क घटाइने हुँदा अध्यनशील परीक्षार्थीलाई मर्का नपर्ने र नकारात्मक अङ्क का कारण पर्सेन्टाइल प्रणालीले दिने नतिजाको योग्यताक्रममा फरक नपर्ने आयाेगले जनाएकाे छ।



खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया