विश्व बैंकद्वारा नेपालको लागि १८ अर्ब ऋण स्वीकृत

११ चैत, काठमाडौं । विश्व बैंकले नेपालको लागि १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ। विश्व बैंकले चैत १० गते उक्त ऋण स्वीकृत गरेको हो।

विश्व बैंकले यस ऋणले वित्तीय क्षेत्रको स्थिरता मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। यस ऋणले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नुका साथै निजी लगानीको परिचालन गरी सुदृढ वित्तप्य प्रणली निर्माणमाा सहयोग पुग्ने बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले बताए।

यसैगरी कोभिड १९ महामारीको प्रभावले गर्दा वित्तीय स्थायित्वमा आएका जोखिमहरूलाई सम्बोधन गर्न समेत यसले सहयोग पुर्याउने उनको भनाइ छ।

प्रतिक्रिया

खबर सबै