

नारी दिवसको अवसरमा भृकुटी माबिमा वक्तृत्वकला प्रतियोगिता



राधा पाण्डे / कपिलवस्तु
बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित भृकुटी माबिमा इन्सेक द्वारा गठन भएको बाल अधिकार चेतना समूहको आयोजना तथा इन्सेकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भृकुटी माबिमा कक्षा ८ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले “महिला शसक्ति करणका लागि शिक्षाको भूमिका” बिषयमा वक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए ।
वक्तित्वकलामा पाँच समूहले प्रतिस्पर्धात्मक रुपमा भाग लिएका थिए । शिक्षा नै संसारको ज्योती भएको हुँदा महिलाहरुलाई शसक्ति करण गर्न शिक्षाको आवश्यकता भएको बताएका थिए । साथै घरको एक जना महिलाले शिक्षा हासिल गर्न सके परिवारै शिक्षित हुने भएको हुँदा महिलाका लागि शिक्षाको महत्व छ । महिलाहरुलाई शसक्ति करण गर्नका लागि जनचेतना मूलकका कार्यक्रमहरु संचालन गर्ने र शिक्षालाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । <br>
पछिल्लो समयमा आर्थिक , सामाजिक , सास्कृतिक रुपमा महिलाहरुले बिभिन्न प्रकारका हिंसाहरु खेप्दै आएको हुँदा समाजमा भैरहेका हिंसाहरुलाई न्यूनिकरण गर्न पहिलो शिक्षा नै हो महिलाहरुको शिक्षामा बृद्धि भयो भने महिलाले देश चलाउन सक्छन् लगाएतका बिषयमा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी प्रतियोगितामा अस्मिता खनाल प्रथम , रमा सुवेदी द्वितीय , बनिता पराजुली तृतिय , आशिका खनाल चौथो र रीता कुर्मीले पाँचौं स्थान हासिल गरेका छन् । प्रथम हुनेले सामान्य ज्ञान , कपी र डट्पेन , द्वितिय हुनेले ग्रामण , कपी र डट्पेन , तृतिय हुनेलाई ग्रामण , कपी र डट्पेन , चौथो र पाँचौ स्थान हासिल गर्नेले २÷२ वटा कपी र डट्पेन पुरस्कार स्वरुप प्राप्त गरेका थिए । बिद्यालयका बरिष्ठ शिक्षक टुक प्रसाद अधिकारी र सहायक प्रधानाध्यापक गणेश त्रिपाठीद्वारा बिजेता बिद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा बिद्यालयका बरिष्ठ शिक्षक टुक प्रसाद अधिकारीले वक्तित्वकलामा बिजयी भएका बिद्यार्थीहरुलाई शुभकामना दिंदै आगामी दिनहरुमा महिला शसक्ति करणको सवालमा बिद्यार्थी भाई बहिनीहरुलाई अगाडी बढ्न आग्रह गर्नु भयो । मूल्यांकन टोलिका संयोजक कृष्ण प्रसाद घिमिरेले वक्तित्वकलाको सन्दर्भमा देखिएका कमीकमजोडीहरुलाई सुधार गर्न आग्रह गर्नुभयो ।
यसैगरी इन्सेक जिल्ला प्रतिनिधी तथा सहजकर्ता पार्वती आचार्यले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै बिद्यालय स्तरदेखि नै यस्ता खाल्का अतिरिक्त कार्यक्रमहरुले बिद्यार्थीहरुको क्षमता बढ्दै जाने बताउनु भयो । साथै महिलाहरुलाई शसक्तिकरण गर्न शिक्षाको ठुलो महत्व भएको बताउनु भयो । कार्यक्रममा बिद्यालयका शिक्षकहरु , बाल अधिकार चेतना समूहका पदाधिकारीहरु , बिद्यार्थीहरु , संचारकर्मी लगाएतको सहभागिता रहेको थियो । बाल अधिकार संरक्षक शिक्षक मतिराज खनालको सहजीकरणमा वक्तित्वकला प्रतियोगिता भृकुटी माबिको सभाहलमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया