

मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने : अकरम पठान



कपिलवस्तु
नेपाल मुस्लिम यूनिवर्सिटी र मदरसा इस्लामियाको मसाइल र तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरी मा कार्यक्रम सम्पन्न भएको छ l
कार्यक्रमको अध्यक्षता डा. जहिरूल हसन खान, प्रमुख अतिथिमा पूर्व जि.शि. अधिकारी अब्दुल रउफ खां, विशिष्ट अतिथिमा हाजी अब्दुल कलाम खान, मौलाना अकबर खान, मौलाना मुस्तक बरकाती, अकरम पठान लगायत रहनुभयो l
कार्यक्रममा बोल्दै डा. जहिरूल हसन ले आफूहरू मदरसाको संरक्षण गर्न हरेक सम्भव प्रयास गर्ने बताउदै विजयनगरमा मुस्लिम युनिवर्सिटीको जग छिट्टै स्थापना हुने विश्वास व्यक्त गर्नुभयो l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खां ले मदरसा शिक्षा ले मुस्लिम समुदाय शिक्षित हुने अवसर पाई रहेको बताउदै मदरसा हरूको संरक्षण गर्नु मुस्लिम समुदायको कर्तव्य रहेको बताए l
कार्यक्रममा बोल्दै अकरम पठानले मदरसा लाई राज्यले मुल प्रवाहिकरणमा ल्याई मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने बताए l कार्यक्रममा अतिथि हाजी अब्दुल कलाम खान ,मौलाना अकबर खान ,मौलाना मुस्ताक बरकाती ,मौलाना मुजीबुर्रहमान ,कलाम भाई व्यक्तित्वहरु ले आफ्नो विचार प्रकट गर्नु भयो l कार्यक्रममा लगभग पचास मदरसाका आलीम र मदरसा व्यवस्थापन समितिका अध्यक्ष हरूको उपस्थित रहेको थियो l कार्यक्रम संचालन मौलाना सद्दाम साहबले गर्नुभयो l


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया