कृष्णनगरमा एकैपटक दुई ठुला योजना उद्घाटन

अजय मिश्र, कपिलवस्तु ।

जिल्लाको कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला योजना उद्घाटन गरिएको छ ।

पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाको दुई वडा ८ र ९ को संयुक्त कार्यालय तथा सुरई खोलामा झोलुङ्गे पुलको एकैसाथ उद्घाटन गर्नुभएको छ ।
नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठुलायोजनाहरु निर्माण समपन्न भईसकेकाले उद्घाटन गरि सुचारु गर्न लागिएको बताउनुभयो । नगरप्रमुख शाहले बहादुरगजमा संयुक्त वडा कार्यालय तथा डुमाई, पुरुषोत्तमपुर लगायतका गाउंलाई नगर केन्द्र र लिंक रोड जोड्ने सुरई खोलामा बनाइएको झोलुङ्गे पुल पनि संगै उद्घाटन गराई संचालनमा ल्याईएको बताए ।
हाल वडा ८ र ९ साविकको बहादुरगंज गाविसको पुरानो कार्यालय भवन जीर्ण बन्दै गएकोले र वडा ८को कार्यालय भाडामा संचालन रहेकाले संयुक्त वडा कार्यालय बनाइएको जानकारी योजना प्रमुख साकिर अहमद शाहले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमको संचालन रोजगार संयोजक इश्वरि पौडेलले गर्नुभएको थियो भने नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम रायमाझी , क्षेत्रिय संयोजक ब्रहम्मानन्द उपाध्याय, नगर सभापति देवानन्द शुक्ला, अजय उपाध्यय, गंगेश तिवारी लगायत वडाध्यक्ष संजय गुप्ता, तुङ्गनाथ चौधरी तथा कार्यपालिका सदस्य , कर्मचारी र सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया

खबर सबै