पहिलो पाईला बुटवलको अर्घाखाचीमा न्यानो माया अभियान अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

अर्घाखाची

पहिलो पाईला नेपाल बुटवल शाखाले अर्घाखार्ची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ३ मा अवस्थित श्री गौरी आधारभुत विधालय शिख्रमा न्यानो माया अभियान अन्तर्गत ट्राउजर,सुईटर,मोजा,टोपी लगाएतका चीसोका पोसाकहरु शिशु कक्षा देखि पाचँ कक्षा सम्मका ५६ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ।

संस्थाका अध्यक्ष पारस मरासिनिको अध्यक्षता, भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाको प्रमुख आतिथ्यता र वडा नं ३ का वडा अध्यक्ष बाल कृष्ण बन्जाडे, वडा नं ४ का वडा अध्यक्ष र सोही बिधालयका ब्यावस्थापन समितिका अध्यक्ष हरि प्रशाद पोख्रलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सस्थकै द्वितीय उपाध्यक्ष श्री लक्ष्मि केसिको स्वागत मन्तब्य कार्याक्रममा रहेको थियो। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मरासिनी ले आउँदा दिनहरुमा पनि भुमिकास्थान नगरपालिका सगँ सहकार्य गरि यसरी नै सहयोगमा जूट्ने प्रतिबद्धता जनाउनु भएको थियो भने प्रमुख बक्तको रुपमा बोल्दै भुमिकास्थान नगरपालिका प्रमुखले पहिलो पाहिला ले यसरी सहकार्य गर्दै कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्याक्त गरे आउदा दिनहरुमा बिपन्न अन्य वडाहरुमा पनि हातेमालो गरेर सहकार्य गर्ने बताउनु भएको छ ।

स–सानो रकमहरु बाट नै ठूलो रकम जुट्यार यसरी विध्यालयमा सहयोग गर्दा कसैको भविष्य निर्धारण हुने हुदा सहयोगको सधै आवश्क हुने बताउनु भयो।

कार्यक्रममा विशिष्ट अतिथिहरुले आ-आफ्ना भनाई राख्नु भएको थियो । पहिलो पाईला नेपालका सदस्य सन्तोश बन्जाडेको संयोजत्व रहेको कार्याक्रम संस्थाका सह–सचिव रमेश पछाईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै