पहिलो पाईला नेपाल बुटवल शाखाले बिद्यार्थीलाई पोसाक बितरण

पहिलो पाईला नेपाल बुटवल शाखाले भुमिकास्थान नगरपालिका वडा नं ३ मा अवस्थित श्री गौरी आधारभुत विधालय शिख्रमा “न्यानो माया अभियान” अन्तर्गत ट्राउजर,सुईटर,मोजा,टोपी लगाएतका चीसोका पोसाकहरु शिसु कक्षा देखि पाच कक्षा सम्मका ५६ जना विधर्थिहरुलाई वितरण गरेको छ।कार्यक्रमको अध्यक्षता सस्थाकै अध्यक्ष पारस मरासिनिको अध्यक्षता, भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाको प्रमुख आतिथ्यता र वडा नं ३ का वडा अध्यक्ष बाल कृष्ण बन्जाडे, वडा नं ४ का वडा अध्यक्ष र सोही बिधालयका ब्यावस्थापन समितिका अध्यक्ष हरि प्रशाद पोख्रलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो भने सस्थकै द्वितीय उपाध्यक्ष श्री लक्ष्मि केसि ले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष मरासिनी ले आउदा दिनहरुमा पनि भुमिकास्थान नगरपालिका सगं सहकार्य गरि यसरी नै सहयोगमा जूट्ने प्रतिबद्धता जनाउनु भएको थियो भने प्रमुख बक्तको रुपमा बोल्दै भुमिकास्थान नगरपालिका प्रमुखले पहिलो पाहिला ले यसरी सहकार्य गर्दै कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्याक्त गरे आउदा दिनहरुमा बिपन्न अन्य वडाहरुमा पनि हातेमालो गरेर सहकार्य गर्ने बताउनु भएको छ । स-सानो रकमहरु बाट नै ठूलो रकम जुट्यार यसरी विध्यालयमा सहयोग गर्दा कसैको भविष्य निर्धारण हुने हुदा सहयोगको सधै आवश्क हुने बताउनु भयो। उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुले आ-आफ्ना भनाई राख्नु भएको थियो ।उक्त कार्यक्रमको संयोजक सस्थाकै सदस्य सन्तोश बन्जाडेले लिनुभएको थियो भने सस्थाकै सह-सचिव रमेश पछाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया

खबर सबै