

बालबालिकामा सकारात्मक अनुशासन कायम गर्न निर्देशिका निर्माण



ई–साझाकुरा, कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए ।
कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए ।
कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी प्रावधान, दण्ड र सजाय लगायत अन्य बिषयमा प्रकाश पारे ।
कार्यक्रममा सहभागी हरूले समुह कार्य मार्फत विद्यालय, घर परिवार र स्थानीय निकायले बालिकामा सकारात्मक अनुसासन कायम गर्न कार्यविधि समेत निर्माण गरिएको थियो ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जन प्रतिनिधि, पत्रकार, कर्मचारी लगायत अन्यको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गरिन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया