जेष्ठ नागरिकलाई वडाध्यक्ष जगदीश तिवारीले गरे सम्मान

अजय मिश्र

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ का ३५० जना जेष्ठ नागरिक लाई एक भव्य कार्यक्रमका बिच सम्मान गरिएको छ ।
महाराजगंज नगरपालिका वडा नं ११ का वडाध्यक्ष जगदीश तिवारीको अध्यक्षता, महाराजगंज नगरपालिका नगर प्रमुख तथा नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामको प्रमुख आतिथियता तथा महाराजगंज नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत रेश्मी राज अर्यालको विशिष्ट आथितियता, अतिथिमा महाराजगंज नगरपालिका शिक्षा शाखा अधिकृत रोशन घिमिरे, महाराजगंज नगरपालिका वडा नं एक देखि दश वडाका वडाध्यक्ष, ई प्र का महाराजगंज प्रमुख, विओपी महाराजगंज प्रमुख सहभागी हुनुहुन्थियो ।

कार्यक्रममा प्रमुख अतिथि अब्दुल कलामले आज सहिद दिवस रहेको बताउदै जेष्ठ नागरिक लाई सम्मान गर्नु आफैमा सराहनीय कार्य रहेको, जेष्ठ नागरिक प्रति सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा वडा नं ११ बलरमवापुर र बडेगाउका एकल महिला, दलित महिला लगायत ३५० जना जेष्ठ नागरिक हरूलाई सम्मान स्वरूप कम्बल वितरण गरिएको छ ।

कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, सुरक्षाकर्मी, लगायत अन्यको उपस्थित रहेको थियो । गंगेश तिवारीको स्वागत मन्तव्य तथा न प्रदिप कश्यपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै