जसपा नेपाल ले लुम्बिनी प्रदेशमा बलिदानी दिवस मनायो

कृष्णनगर

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगर ले आज मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ l

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान, विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव, पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहेका थिए ।

मधेस आन्दोलनका क्रममा शहिदहरूको समझनामा मौन धारण तथा दिप प्रज्वलन गरिएको थियो l

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पठानले मधेसी जनता नेपाल देश बनाउन ठूलो योगदान गरेको, मधेसी जनता को बलिदान व्यर्थ नजाने बताउदै मधेसी जनता को हकहित का लागी आफूहरू सधै समर्पित रहने बताउनुभएको छ ।

कार्यक्रममा रामसेवक यादव, बजरंगी गुप्ता, निखिल पाठक लगायतले आ आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा मोहम्मद अरबाज खान, राम कुमार लोहार, वृजेश कुमार गुप्ता, राम शंकर जयसवाल, असीष यादव लगायतको सहभागिता रहेको थियो l

प्रतिक्रिया

खबर सबै