

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक कपिलवस्तुमा बस्ने



कपिलवस्तु ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक कपिलवस्तुमा बस्ने भएको छ । सिद्धार्थ गौतम बुद्धले २९ बर्ष विताएको पवित्र स्थल तिलौराकोटमा पुस ३० गते केन्द्रीय समितिको बैठक बस्ने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले बताउनु भयो ।
बुद्धसगँ सम्बन्धित प्राचिन स्थानको प्रचारप्रसारमा समेत टेवा पुग्ने उद्देश्यले तिलौराकोटमा बैठक बस्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमिति पुस २९ गते आउने माघ १ गते फर्किने नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो । केन्द्रिय समितिको बैठक सगैँ बुद्ध स्थलको रुपमा परिचित तिलौराकोट, कुदान, गोटिहवा, अरौराकोट, जगदिशपुर ताल लगायतका स्थान अध्ययन अवलोकन गर्ने योजना रहेको छ ।
केन्द्रिय कार्य समितिको स्वागत सम्मानको लागि नेपाल पत्रकार महासघं कपिलवस्तुले तयारी गरिरहेको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । बैठकमा सहभागी हुनेहरू पुस २९ गते कपिलवस्तु पुग्ने पुस ३० गते बैठक सम्पन्न गरी माघ १ गते बिहान फर्किने कार्यक्रम तय गरिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया