

राजापानी सामुदायिक वनको साधारण सभा : पर्या पर्यटन प्रर्वद्धनमा जोड



कपिलवस्तु ।
राजापानी सामुदायिक वनको १८ औं साधारण सभा सम्पन्न भएको छ । “स्वच्छ, सुन्दर र हराभरा राजापानी सामुदायिक बन, पर्या पर्यटन प्रवद्र्धन र वन व्यवस्थापन हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ १८ औं साधारण सभा सम्पन्न भएका हो ।
सम्पन्न साधारण सभामा प्रदेश सभा सदस्य विष्णु पन्थीले राजापानी सामुदायिक वनले संञ्चालन गरेको राजापानी पर्यटकिय स्थल जिल्लाको नमुना क्षेत्र बनेको बताएका छन् । साधारण सभालाई सम्बोधन गर्दै पन्थीले यस्तो बताएका हुन् । राजापानी आफैमा ऐतिहासिक पर्यटकीय स्थल भएकाले यसको विकासमा वनको विशेष भूमिका हुने उनको भनाई छ । प्रदेशको आँखामा पनि राजापानी वन रहेको हुनाले यहाँ पर्यटनलाई टेवा पुग्ने गरी काम गर्न सके समग्र कपिलवस्तुको विकासमा टेवा पुग्ने जिकिर गरे ।
कार्यक्रममा बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले राजापानी पर्यटकिय स्थल बाणगंगाको चिनारी भएको बताएका छन् । उनले राजापानी सामुदायिक वनले तयार पारेका रुपरेखाहरुले यस क्षेत्रको पहिचान बढाउन निकै महत्व राखेको बताए । उनले भने “हामि निर्वाचित भएको कार्यकाल सकिन लागेको छ, हामि जनप्रतिनिधीहरु पदमा भएपनि नभएपनि बाणगंगाका सबै पर्यटकिय क्षेत्रको विकासमा सधै मन दिएर लाग्ने छौ ।”
यस्तै नगरपालिकाका उप–प्रमुख चक्रपाणी अर्यालले राजापानी सामुदायिक बनको बन ब्यवस्थापन तथा पर्यटन सञ्चालनका सन्दर्भमा स्थानीय तथा बाह्य बिभिन्न निकायहरुसंग समन्वयमा आफुहरु लागेको बताए । त्यस्तै उनले लुम्बिनीसंग नजिकमा रहेको कपिलवस्तु जिल्ला र त्यसमा एउटा मुल जो बुद्धसंग सम्बन्धित रहेको बताए । यसलाई जिल्लाको एउटा महत्वपुर्ण पर्यटनको गन्तब्य बनाउन बिभिन्न निकायको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुख विजयराज सुवेदि, सव डिभिजन वन कार्यालय प्रमुख पहलमान सेरबुजा लगाएतले आ–आफ्ना भनाई राखेका थिय । कार्यक्रममा समितिको बार्षिक र आर्थिक प्रतिवेदन अध्यक्ष अधिकारीले प्रस्तुत गरेका थिए ।
यस्तै सचिव सितादेवी पौडेलले सचिवको प्रतिवेदन पेश गर्दै अहिले सम्म वनले गरेका महत्वपुर्ण कामहरुको समिक्षात्मक तथा आगामि आर्थिक बर्षमा हुने कार्यक्रम सम्वन्धी जानकारी गराएकि हुन् । कार्यक्रममा वनका कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै वनका लेखा समिति संयोजक विष्णु प्रसाद अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । वनका उपाध्यक्ष नरवहादुर चौधरीको स्वागत रहेको कार्यक्रममा सचिव सितादेवी पौडेलको सञ्चालनमा समपन्न भएको हो ।
कार्यक्रममा वनका उपभोक्ता तथा विभिन्न संघ सस्थाका पदाधिकारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया