माउन्ट एभरेष्टको २८ औ साधारण सभा सकियो

कपिलवस्तु ।
माउन्ट एभरेष्ट सामाजिक विकास संस्था भग्लापुरको २८ औ साधारणसभा शनिबार संम्पन्न भएको छ । बनगाईमा रहेको शाखा कार्यालयमा सम्पन्न साधारण सभामा कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष लक्ष्मण बेल्वासे, लक्ष्मणघाट सामुदायिक बनका अध्यक्ष एवम् स्थानिय समाजसेवी हुमनाथ भट्टराई लगाएतले संस्थाले गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा रचनात्मक भुमिकामा खेल्नुपर्नेमा जोड दिएका छन् ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष लालमणी बेल्वासेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष रविलाल भट्टराईको अध्यक्षतामा संम्पन्न साधारण सभामा सचिव प्रकास भुषालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

खबर सबै