

मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन आहृवान



कपिलवस्तु- अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा कार्यक्रम सम्पन्न भएको छ । ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय हत्या, हिंसा लगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन संम्पुर्ण निकायहरुलाई आग्रह गर्नु भयो । उहाँले मानव अधिकार हनन गर्नेहरु कारबाहीको भागेदार हुनु पर्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेले कानुन र नीति नियमको परिधिमा बसेर अधिकार प्राप्त गर्न पनि मानवअधिकार प्रति बफादार रहन सबैमा अपिल गर्नुभयो ।
कार्यक्रमा महिला अधिकारकर्मी मिना परियारले महिला हिंसा, हत्यालगायतका घटना तत्काल अन्त्य गर्न बन्द कोठामा गोष्ठी गरेर मात्र नहुने बताउनु भएको थियो । उहाँले महिला हत्या, हिंसामा संलग्नलाई नतावाद र नेतावाद नगरी कडा कारबाही गर्नु पर्ने बताउनु भयो । कार्यक्रमा सहभागी विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनिति दलका नेता , मानव अधिकारकर्मीहरुले महिला हत्या,हिंसालगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न सबैलाई एकजुट हुन पनि आहृवान गरेका थिए ।
“जीवन ,मर्यादा ,समनता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्दिको आधार विधिको शासन कायम गरौं मानव अधिकारको सम्मान गरौं” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अवसरमा संजीवनी सामुदायिक अस्पताल र चन्द्रौटा अस्पतालमा रहेका विरामिलाई फलफुल वितरण गरेको छ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुको आयोजनामा ब्यापार संघका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाली कांग्रेश शिवराज नगर सभापति मधु पोख्रेल,नेपाल कम्युनिष्ट एमाले शिवराज नगर कमिटीका अध्यक्ष जगत पौडेल , नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र शिवराज नगर कमिटी अध्यक्ष दिनेश पुन, जनता समाजवादी पार्टी नेपाल शिवराजका अध्यक्ष कृष्ण कुमार चौधरी, नेकपा एकृकित समाजवादि शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेल , युवा नेता रहिश शाह लगाएत मानव अधिकारकर्मीलगायको उपस्थिति रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया