

कोईलीचौर सामुदायिक वनले थाल्यो ‘वन सरसफाई’ अभियान



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोईलीचौर साना किसान सामुदायिक वनले सामुदायिक वनको दिगो विकासका लागि वन सरसफाई अभियान संचालनमा ल्याएको छ ।
सोमबार वन पदाधिकारी सहित उपभोक्ताहरुको सहभागितामा वन क्षेत्र भित्रका झाडी सफाई गरी वनको दिगो विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन सरसफाई अभियान सुरु गरिएको वनका कोषाध्यक्ष कुन्तामणी भुषालले बताउनुभयो ।
कोईली चौर सानाकिसान सामुदायिक वन कपिलवस्तु जिल्लाको सबैभन्दा पुरानो वन हो । जिल्लाकै सबैभन्दा ठूलो प्रजातिका विरुवा यसै वन क्षेत्र भित्र रहेका छन् । वनको सरसफाई अभियानका लागि हरेक वर्ष बजेट समेत निर्धारण गरि कार्यक्रमहरु संचालन गर्ने गरिएको वनका अध्यक्ष हरिराज घिमिरेले बताउनुभयो ।
सोमबार देखि सुरु भएको सरसफाई अभियान उपभोक्ताहरुका बिचमा समुहगत रुपमा संचालन गर्ने वन समितिले जनाएको छ । वनको सरसफाई कार्यमा सहभागि भएका उपभोक्ताहरुलाई वन समितिले निश्चित पारिश्रमिक समेत दिने गरेको छ ।
खाली क्षेत्रमा वृक्षरोपण गरिएको स्थानलाई बढी प्रथामिकताका साथ अन्य अनावस्यक झाडीको सरसफाई गरि उन्नत विरुवा र काठको संरक्षण र सम्बर्दन गर्न यो कार्यक्रम संचालन गरिएको कोषाध्यक्ष भुषालले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया