

गुल्मीको निशेधाज्ञा हट्यो



गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । यद्यपि जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।
कोरोन संक्रमणको जोखिम बढेपछि यही भदौ ७ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । भदौ १२ गतेदेखि १९ गते राति १२ बजेसम्म १ हप्ताका लागि भने लकडाउनको नयाँ मोडालिटी बनाइएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेकाले जिल्लामा बिभिन्न व्यवसायहरु समय तालिका बनाए खोलिने भएको छ ।
दुग्ध ब्यवसाय बिहान नौ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म सन्चालन गर्न पाइने छ । तरकारी र फलफूल पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।
अन्य पसल, उद्योग व्यवसायहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए । अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने २४ सौं घण्टा खुला रहनेछन् ।
जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । जुनसुकै ठाउँबाट जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पिसिआर रिपोर्ट देखाउनु पर्ने छ । जिल्ला बाहिरबाट पसल तथा व्यवसायीक सामाग्री ढुवानी गर्ने चालक र सहचालकले पनि पीसीआर रिपोर्ट देखाउनु पर्ने छ । यदि रिपोर्ट नभए १० दिन सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्नुपर्ने छ ।
जिल्लामा भित्रिने सीमा नाकाहरु, रुरुक्षेत्र रिडी, रेसुङ्गाको नेटा, मदानेको सौतामारे, मुसिकोटको वामी, कालिगण्डकीको पुर्तिघाट लगायतका स्थानहरुमा २४ सै घण्टा सुरक्षा निकाय परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार












प्रतिक्रिया