

नेकपा (एस) कपिलवस्तुको कार्यालय तौलिहवामा



कपिलवस्तु
कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा (एकीकृत समाजवादी) ले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरी कम्युनिष्ट आन्दोलनको पुर्नगठन अभियानलाई लिएर जन्मिएको नेकपा (एस) कपिलवस्तुले तौलिहवाको भिक्षु चोकस्थित पार्टी कार्यालय स्थापना गरेको हो ।
पार्टी कार्यालय औपचारिक रुपमा उद्घाटन नभएपनि तौलिहवामा कार्यालय स्थापना गरिएको छ । अबका केही दिनमा कार्यालय व्यवस्थापनको काम सकाएर औपचारिक रुपमा कार्यालय खुल्ने नेकपा (एस) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले जानकारी दिनुभयो ।
मंसिर १५ देखि कार्यालय सचिव नियुक्त गरेर पार्टी काम व्यवस्थित रुपमा सञ्चालन हुने जिल्ला इन्चार्ज क्षेत्रीले बताउनुभयो ।
पछिल्लो समय एकीकृत समाजवादीले जिल्लामा संगठन विस्तारलाई तिव्र पारेको छ । १० स्थानीय तह रहेको जिल्लामा समाजवादीले कृष्णनगर नगर कमिटी, शिवराज नगर कमिटी, वाणगंगा नगर कमिटी, कपिलवस्तु नगर कमिटी गठन गरिसकेको छ । अबको मंसीर २० भित्र सबै स्थानीय पालिका कमिटी गठन गर्ने पार्टीले जनाएको छ । युवा संघ नेपाल, अनेरास्ववियू, पिपुल भोलेन्टियर्सको जिल्ला कमिटी पनि घोषणा भैसकेको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया