

नेकपा माओवादी केन्द्रको वडा सम्मेलन कपिलवस्तुका ७९ वडामा सम्पन्न



नवराज बेल्वासे
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय कार्याक्रम अनुसार आज देशभरका वडामा वडा सम्मेलन गरेको छ । वडा सम्मेलनलाई जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए । लुम्बिनी प्रदेश स्थित कपिलवस्तु जिल्लामा रहेका १० वटा स्थानिय तहका ९६ वडा मध्ये ७९ ओटा वडामा आज बृह्त तथा भव्य रुपमा वडा अधिवेशन सम्पन्न गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द जिल्ला समन्वय समिति संयोजक रामचन्द्र शाहाले जानकारी दिनु भएको छ ।
केन्द्रिय कार्याक्रम अनुसार आज भएको अधिवेशनमा अब जिल्लामा रहेका ९६ वडा मध्ये १७ ओटा वडामा अधिवेशन गर्न बाकिँ रहेको शाहाले बताउनु भएको छ । अधिवेशनको तयारी पुरा भएको भएता पनि जिल्लाभर एकैसाथ वडा अधिवेशन गर्दा पार्टीको जिल्ला नेतृत्वको व्यस्तता र समय अभावका कारण आज हुने भनिएको वडा सम्मेलन भने मंसिर ५ गते (आइतबार) हुने भएको छ ।
सम्पन्न वडा अधिवेशन अन्तर्गत कपिलवस्तु नगरपालिकाको १२ ओटा , वाणगंगा नगरपालिकाको ११ ओटा , यशोधरा गाउँपालिकाको ८ ओटा , बुद्धभुमि नगरपालिकाको १० ओटा , शुद्धोदन गाउँपालिकाको ६ ओटामा वडा अधिवेशन सम्पन्न भएको छ भने शिवराज नगरपालिकामा ६ ओटा, विजयनगर गाउँपालिकाको ६ ओटा, महारगन्ज नगरपालिकाको ६ ओटा, कृष्णनगर नगरपालिकाको ८ ओटा र मायादेवी गाउँपालिकाको ६ ओटा वडाहरुमा सम्पन्न भएको छ भने बाकिँ रहेकोमा शिवराजमा ५, विजयनगरमा १, महारगन्जमा ५, कृष्णनगरमा ४ र मायादेवीको २ ओटा वडाहरुमा भने मंसिर ५ गते वडा अधिवेशन हुने अधिवेशन प्रचार सम्बन्य तथा प्रेस सेन्टर नेपाल कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्वासेले बताउनु भएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया