

न्यौपानेको काधँमा समाजवादी प्रेस सगंठन कपिलवस्तुको जिम्मेवारी



कपिलवस्तु
व्यवसायिक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ ।
मगंलवार दिउँसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुको संयोजकमा चन्द्रकान्त न्यौपानेलाई चयन गरेको छ ।
संगठनको सह–संयोजकमा मनोज थापा र कमला घिमिरे रहेका छन् भने सचिवमा दीपा महत रहेकी छिन् ।
यस्तै सदस्यहरुमा शिला भट्टराई, नन्दकिशोर यादव, रीता खनाल, लक्ष्मी थारु लगायत ११ सदस्यिय रहेको सगंठनका केन्द्रिय सदस्य दिपक अनुरागीले जानकारी दिए ।
अनुरागीका अनुसार सह–सचिव, कोषाध्यक्ष र अन्य केही सदस्यहरु पछि थप गरेर सगंठनलाई पूर्णता दिने बताए ।
एकीकृत समाजवादी पार्टी कपिलवस्तुका प्रचार विभाग प्रमुख तथा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास वन्जाडेको अध्यक्षतामा वसेको वैठकमा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश प्रचार विभाग प्रमुख डाक्टर बालकृष्ण चाँपागाईको प्रमुख आथित्यता र समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश संयोजक शिव सुवेदीको विशेष उपस्थित रहेको थियो ।
बैठकलाईं सम्बोधन गदै लुम्बिनी प्रदेश पार्टी प्रचार–विभागका प्रमुख समेत रहेका डा.वालकृष्ण चापागाईंले समाजवादी प्रेस संगठन नेपालले देशभरका व्यवसायिक र श्रमजिवी पत्रकारहरुको नेतृत्व गर्ने बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया