

आजबाट चेकिङमा झन् कडाइ : बिनाकाम लखरलखर हिँड्नेलाई होल्डिङ एरियामा उभ्याइँदै

ई–साझाकुरा, भदौ १२
निषेधाज्ञाका बेला कामै नपरी सडकमा लखरलखर हिड्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । यो समयमा अत्यावश्यकबाहेक हिंडडुलमा समेत रोक लगाइएको छ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनले आग्रह गरेपनि केही व्यक्तिहरु मर्निङ वाकको बहानामा गरेको सुरक्षाकर्मीहरु बताउछन् । प्रशासनले जारी गरेको निषेधाज्ञालाई वेवास्ता गरी मर्निङवाकको बहानामा एक किलो तरकारी हातमा झुड्याएर सडकमा निस्कनेलाई पनि आधा घण्टा भन्दा बढी होल्डिङ एरियामा उभ्याउने गरेको हो ।

सडकमा विना काम हिँड्ने र सवारी चलाउनेलाई नियन्त्रणमा राखेर होल्डमा उभ्याएर राखिएको हो । त्यस्तै, साइकल निषेधाज्ञाको अवधिमा अत्यावशेक बाहेक साइकलको समेत प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ। प्रहरीले बिहान खुलेका केहि पसललाई पनि बन्द गराएको छ।
काठमार्डौं, ललितपुरका भित्री गल्लीमा अझै पनि प्रशासनको आग्रहलाई बेवास्ता गर्दै हिड्ने पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर केही समयसम्म होल्डमा राखेको छ । उपत्यकामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञालाई थप कडा बनाइएको हो


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया