

मदरसा शिक्षालाई मूल प्रवाहिकरण गर्न कपिलवस्तुमा छलफल



कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको निवास कृष्णनगरमा मदरसा शिक्षा लाई शिक्षाको मूल धारमा कसरी ल्याउन सकिन्छ र मदरसाको विकासका बारेमा विस्तृत छलफल समपन्न एको छ ।
नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षा लाई राज्यको मूल धारमा समायोजन कसरी गर्न सकिन्छ, मदरसा शिक्षाको व्यवस्थापन लगायत मदरसा शिक्षाको सरोकार वाला तथा सरकार लाई मदरसा शिक्षा प्रति ध्यानाकर्षण गराउने जस्ता बिषयमा छलफल गरिएको थियो ।
नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधि मंत्री देवेन्द्र पौडेल बाट मुस्लिम समुदायले मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन तथा मदरसामा अध्यापन गराउदै आएका मौलाना हरूलाई शिक्षक दरबन्दी कायम गरि सामुदायिक विद्यालयको शिक्षक सरह सेवा सुविधा दिनु हुनेछ भन्ने आस राखेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताउनु भयो ।
उक्त छलफलमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्राध्यापक तथा शिक्षाविद डा। विद्यानाथ कोईराला, प्राध्यापक डा। अब्दुल कय्यूम, पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खां, पूर्व विद्यालय निरिक्षक नुरूलहक मिकरानी, पूर्व जन स्वास्थ्य अधिकृत ताहिर हुसेन मिकरानी, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा। अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य डा। मोहम्मद मजहर खां, असरफ खां लगायतको उक्त छलफलमा सहभागिता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया