

असोज २७ गते मर्निङ वाक निस्केका वाणगंगा ७ का एक युवा बेपत्ता



कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाबाट एक पुरुष हराएका छन् । नगर स्थित वडा नंं.७ बनगाई निवासी ३६ बर्षिय खिमराज गिरी एक हप्तादेखि हराएका हुन् ।
गत असोज २७ गते बिहान ६ बजे मर्निङ वाक जान्छु भनी घरबाट हिँडेको उनी अहिलेसम्म पनि सम्पर्कमा नआएपछि उनका परिवार तनावमा छन् ।
श्रीमती तुलसी गिरी र २ छोराले खोजी गरिदिन वडाध्यक्ष, आफन्त, मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई समेत अनुरोध गरेका छन् । अहिले उनको मोवाइल पनि स्वीच अफ छ ।
वडाध्यक्ष विष्णु गिरीले पनि खोजि गरिदिन सामाजिक संजालमार्फत् आग्रह गर्नुृ भएको छ । परिवारका अनुसार उनी अहिलेसम्म कुनै समस्या नभएको र ठिकठाक नै रहेको बताएका छन् ।
गिरीलाई भेटाउनेले ९८५७०५०८२० र ९८५१०९४४७६ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया