एमसीसी बिरुद्ध बाणगंगाका युवा सडकमा आउदै

मेलेनियम च्यालेन्ज कर्पाेरेसन अर्थात एमसीसीका गलत बुँदाहरु सच्याउन माग गर्दै कपिलवस्तुको जितपुर चोकमा आउँदो शनिबार शान्तिपुर्ण पर्दशन गरिने भएको छ।करिब २ दिनसम्म निरन्तर छलफल गरि एमसीसीको अध्यन गरिसकेपछि मात्र कार्यक्रम तय गरिएको थियो। गलत बुँदाहरु सच्याउन सत्तापक्ष र प्रतिपक्ष सबैलाई सचेत बनाउन उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो।कपिलवस्तुका सक्रिय युवाहरूले गर्ने उक्त कार्यक्रममा एमसीसी बारे आम जनसमुदायलाई सचेत गराउने कार्यक्रम समेत रहेको छ।एमसीसीले बाटोको स्तरउन्नति गर्न विद्युत प्रसारण विस्तार गर्न सहयोग पुर्याउने भएता पनि यसका केही बुँदाहरु विवादास्पद रहेका कारण ती बुँदाहरु सच्याउदै स्वतन्त्र राष्ट्रलाई कसैको उपनिवेश बन्न नदिने कुरा राख्दै युवा समाजसेवी चन्द्रकान्त पोख्रेलले नेपालका लागि नेपालको संविधान सर्वोच्च भएकाले संविधान भन्दा माथी रहेका कुनै पनि बुँदा मान्य नहुने कुरा राख्नुभयो।त्यसैगरी उक्त छलफलमा बोल्दै युवा कपिलवस्तुका उपाध्यक्ष मधुसूदन भुषालले वीर पुर्खाहरुले रगत पसिना बगाएर सजाएको देशलाई बचाउने जिम्मा आफुहरुको रहेको भन्दै एमसीसी सम्झौता राष्ट्रको हित विपरीतमा रहेको र कार्यनयन सम्झौता अझ खतरानक रहेको कुरा राख्नुभयो भने उहाँले कार्यक्रम सफल्ता पुर्वक सम्पन्न गर्न आफ्नो ठाउँबाट सहयोग पुर्याउन सम्पुर्णलाई अपिल समेत गर्नुभयो।त्यस्तै छलफलमै बोल्दै युवा कपिलवस्तुका बोर्ड सदस्य सरोज घिमिरेले २०१७ सेप्टेम्बरमा भएको सम्झौता र २०१९ को कार्यनयन सम्झौता बारे सबैलाई जानकारी दिनुभयो।२०१७ को सम्झौतामा एमसीसी लाई मुल्यांकन गर्ने जिम्मा नेपाल सरकारलाई दिएपनी पछि त्यो कुरा परिमार्जन गरि नेपाल सरकारलाई कुनै पनि कुरामा हेरबिचार गर्ने रेखदेख गर्ने निर्देशन गर्ने अधिकार नदिएको भन्दै आपत्ति प्रकट गर्नुभयो।उहाँले यस्ता धेरै विवादित बुँदाहरु रहेका भन्दै बिरोध कार्यक्रम अहिलेको प्रमुख आवस्यकता रहेको कुरा समेत बताउनुभयो।असोज २ गते ४ बजे ज्योति विकास बैंक अगाडि जम्मा भइ जीतपुर चोकमा आफुहरुले शान्तिपुर्ण आन्दोलन गर्ने भएकाले कपिलवस्तुका सबै युवाहरु एकजुट हुनुपर्ने भन्दै विशाल अधिकारीले सबैलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभयो।दुई दिनको उक्त छलफलमा चन्द्रकान्त पोख्रेल दिनेश छेत्री मधुसुदन भुषाल लक्ष्मण सापकोटा विशाल अधिकारी विवेक पौडेल सुभद्र पोख्रेल असिम भट्टराई सरोज घिमिरे सुशान्त पोख्रेल वासु पाण्डे डेभिड भण्डारी डेभिड पौडेल सुजन पौडेल लगाएतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

खबर सबै