

ओल्मा काउन्सिलले जारि गरेको विज्ञप्ति स्वागत योग्य : इत्तेहाद नेपाल



कपिलवस्तु ।
राष्ट्रीय ओल्मा काउन्सिल नेपालले जारि गरेको प्रेस विज्ञप्तिको इत्तेहाद नेपालले स्वागत योग्य रहेको र सबै संग पालन गर्न आग्रह गरेको छ।
लामो समय देखिको बाह्यि हस्ताक्षेप र जनता बीचको परस्पर द्वन्दले अफगानिस्तानमा असुरक्षा आशंका र अनिश्चिताको स्थिति उत्पन्न भएको छ।
तालिबानले अफगानिस्तान माथि आफ्नो सत्ता चलाउन प्रयास गर्ने क्रममा अफगानिस्तानमा उत्पन्न भएको स्थितहिरुको फोटो, भिडीयो र आडियोले नकारात्मक प्रभाव पर्ने खालको कुरा शोसल मिडीयामा आईरहेको छ।
शोसल मिडीयामा आएका यस्ता कुराहरुले समाजमा नकारात्मक असर पनि पर्न सक्ने विषयलाई ध्यानमा राख्दै राष्ट्रीय ओल्मा काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारि गर्दै समाजका खास गरि सब भन्दा बढ़ी शोसल मिडीयाको प्रयोग गर्ने युवा पिढी तथा समाजका बुद्धिजीवी भद्रभलादमीहरु संग आग्रह गरेको छ।
उक्त प्रेस विज्ञप्तिमा कुनै पनि व्हाट्स एप ग्रुप टेलिग्राम,यु ट्रुयुब,फेसबुक, इन्स्टाग्राम लगायतका शोसल मिडिया जस्ता प्लेटफार्म सार्वजनिक वा व्यक्तिगत ग्रुपमा तालिबानले अफगानिस्तान माथि गरिरहेको कब्ज़ा प्रति कुनै भिडीयो आडियो फोटो उत्साहित भएर लेखेको लेख रचना भाषण वा आक्रोशित भिडीयो अडियो एक अर्कामा शेयर नगर्नका लागि राष्ट्रीय ओल्मा काउन्सिल नेपालले आग्रह गरेको छ ।
राष्ट्रीय ओल्मा काउन्सिल नेपालका महासचिव नुर मोहम्मद खालीद मिसबाहीको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरिएको हो ।
राष्ट्रीय ओल्मा काउन्सिल नेपालले जारि गरेको प्रेस विज्ञप्तिको इत्तेहाद नेपालले स्वागत योग्य रहेको र सबै संग पालन गर्न आग्रह गरेको छ।
समसमायिक घटना,राजनितीक समाजिक शिक्षाप्रति देश तथा विदेशमा भइरहेको गतिविधीहरु प्रति चासो देखाउदै समय प्रतिकूल आवश्यकता परेकोमा सम्बन्धित निकायहरुको ध्यानाकर्षणका साथ आग्रह गरि विकल्पको खोज तथा आवश्यकता परेको ठाउमा सुझाव सल्लाह दिदै आएको छ। यस्ता कार्यहरुमा सहभागिता लिई निरन्तर सहयोग गर्दै आएका सहयोगी तथा पदाधिकारीहरु लाई इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खांले हृदय देखि धन्यवाद व्यक्त गरेका छन्।साथै अफगानिस्तानमा रहेका सबै नेपालीहरु लाई सुरक्षित राखि नेपाल फिर्ता ल्याउन सरकार ले तत्तकालै पहल गरोस भन्ने आग्रह इत्तेहाद नेपालले गरेको छ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया