पेट्रोलियम पदार्थको मूल्यबृद्धी विरुद्ध अखिल (क्रान्तिकारी)द्धारा विरोध

कपिलवस्तु ।

अखिल (क्रान्तिकारी ) कपिलवस्तुले आज कपिलवस्तुमा पेट्रोलियम पदार्थको मूल्य बृद्धी विरुद्ध विरोध तथा प्रर्दशन गरेको छ । जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ११ स्थित वरोवामा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि बिरुद्ध प्रदशन गरेको अखिल क्रान्तिकारी कपिलवस्तुले जनाएको छ ।

संगठनको पुर्वघोसित कार्यक्रम अनुसार बुधबार वर्तमान देउवा सरकार र आयल निगमको मिलिमहतोमा गरिएको ,मूल्य वृद्धि विरुद्ध प्रदशन गरेको जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले बताउनुभयो । जिल्ला अध्यक्ष क्षेत्रीका अनुसार देउवा सरकारले जनाताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थ मा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरे कडा प्रतिरोध गर्ने अखिल क्रान्तिकारीको योजना छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले देशमा जुन किसिमको राजनितीक संकट छ , यसको समग्र निकास नै बैज्ञानिक समाजवाद रहेको दावी गर्नुभयो ।अब सबै युवा बिद्यार्थी असफ संसदीय व्यवस्था बिरुद्ध धावा बोल्न र जनतालाइ लुट्ने व्यवस्था ढाल्न एक हुनु पर्ने उहाँको भनाई थियो । अहिले सरकार र आयल निगमको मिलिमहतोमा पेट्रोलियमा पदार्थ मूल्य वृद्धि गरिएको भन्दै यो नै असफल व्यवस्था भित्रको एक षडयन्त्र रहेको टिप्पणी पनि गर्नुभयो ।

कार्यक्रम जिल्ला सद्स्य नम्रदा चौधरीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया