

दाङमा अट्वारी मनाईदै, कपिलवस्तुमा छैन रौनक


ई–साझाकुरा कपिलवस्तु , भदौ ७
नेपालको पश्चिम तराईका थारु समुदायले आज अट्वारी पर्व मनउँदै छन । दाङ सहितका पश्चिम तराईका थारु समुदायले आज मनाए पनि कपिलवस्तु सिहत पुर्वि जिल्लाका थारुहरुले भने आउँदो आईतबार मनाउने तयारी गरेका छन् ।
‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत बसी यो पर्व मनाईन्छ भने कतिपय स्थानमा ऋषिपञ्चमी पछिको पहिलो आईतबारलाई अट्वारीको रुपमा मनाउने चलन छ ।
दाङ सहितका जिल्ला मा आज मनाएको भए पनि कपिलवस्तु लगाएतका जिल्लामा अर्काे आईतबारलाई अट्वारीको रुपमा मनाउने थारु अगुवाहरुले बताएका छन् । अट्वारी बल, शक्ति, न्याय र सहयोग तथा सद्धभाबको पर्व हो । यस अबसरमा आगो, पानी तथा भिवाँको पूजा गरिन्छ ।
भिवाँ प्रतिको समर्पण र दिदीबहिनीहरुको माया स्वरुप यो पर्ब अत्यन्त सौहार्द तरिकाले मनाइने गरिन्छ । यस पर्वले सबैमा आत्मियता, भाईचारा, सद्भाव र शान्ति कायम गर्नमा प्रेरीत गरोस भनि शुभकामना समेत आदानप्रदान गर्ने चलन रहेको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया