भलवाडका ९० घरधुरीलाई निःशुल्क विद्युत मिटर वितरण

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा विद्युत पहुँचमा नपुगेका परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवाको सहयोगमा वडा कार्यालय भलवाडले वडा भित्रका नौवटा टोलका ९० घरधुरीलाई निशुल्क मिटर प्रदान गरेको वडा अध्यक्ष धुव्र वेल्वासेले जानकारी दिनुभयो ।

वडा नम्बर ९ का विभिन्न टोलमा स्थायी रुपमा बसोबास गर्दै आएका गरिब, असाहय, विपन्न, दलित सुकम्बासीहरुको लागि नेपाल विद्युत प्राधिकरणको वार्षिक कार्यक्रम अनुसार सो मिटर वितरण गरिएको वडा कार्यालय भलवाडले जनाएको छ ।

विद्युतको पहुँच पुगेर पनि मिटर जडान गर्न नसक्दा अध्यारोमै बस्दै आएका नागरिकहरुको पहिचान गरी वडा भित्रका ९० परिवारलाई मिटर प्रदान गरिएको वडा अध्यक्ष बेल्वासेले बताउनुभएको छ ।

प्रतिक्रिया

खबर सबै