

२० वर्ष पालेकाे कुखुराको भाले मरेपछि गरियाे दाहसंस्कार



दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले २० वर्षदेखि पाल्दै आएकाे कुखुराकाे भाले मरेपछि दाहसंस्कार गरिएकाे छ ।
आफूले १९ वर्ष १० महिनासम्म पालेको भाले मरेपछि सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्नु भएको हाे।
भालेलाई परिवारका सदस्यजस्तै मानेर पालेको र गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गरिएको सुवेदीले बताउनु भयो । २०/२५ जना मलामीको सहभागितामा गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरिएको उहाँले बताउनु भयाे।
हिन्दु परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, ती सबै विधि अपनाएर भालेलाई पनि अन्त्येष्टि गरिएको सुवेदीले बताउनु भयाे । भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएको, नुन छोडेको, सेतो कपडा समेत लगाउनु भएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया