साना किसान भलवाडले दियो गुरुङ परिवारलाई मृत्युपरान्तको रकम

भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ९ स्थित साना किसान कृषी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यको मरणोपरान्त पाउने विमा वापतको रकम भुक्तानी शनिवार प्रदान गरेको छ ।

एक कार्यक्रमका विच भलवाड स्थित पडरियाका साना किसान सदस्य भोजमाया गुरुङको निधन पछि उहाँको परिवारले पाउने ५० हजार रकम आज संस्थाका अध्यक्ष कुमार मधु वेल्वासेले प्रदान गर्नुभएको हो ।

साना किसान कृषि सहकारी संस्था लि भलवाडको अयोजनामा गुरुङ परिवारले लिएको ऋण वापतको तीन लाख रुपैयाँ समेत विमा रकमबाट मिनाह गरिएको जनाइएको छ । संस्थाका समुह नम्बर ७ का संयोजक शारदा गूरुङ्को अध्यक्षतामा साना संस्थाका लेखा समिति संयोजक चुरामणी आचार्य सहित समाजसेवी विन्द्रबहादुर गुरुङ लगाएको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै