चप्परगाउँ दुर्घटना अपडेट : एक जनाको मृत्यु

कपिलवस्तु

कपिलवस्तु वाणगंगा नगरपालिका स्थित चप्परगाउँमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २ जना मध्ये १ जनाको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिमका लागि छुटेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको लु ३ त ४७०१ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा अर्घाखाची सन्धीखर्क १ का बर्ष ३० का दान बहादुर खडकाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते अर्का व्यक्ति अवस्था भने खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 

प्रतिक्रिया

खबर सबै