तिलौराकोटमा मनाइयो महाभिनिष्क्रमण दिवस

कपिलवस्तु,

राजकुमार सिद्धार्थले राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण ब्युँताई पर्यटकीय आकर्षणको गन्तब्य बनाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ । कोरोना भाइरस संक्रमणले थलिएको नेपाल पर्यटकका लागि स्वागत गर्न तयार रहेको सन्देश दिन असार पुर्णिमाका दिन मध्यराति १२ बजे सिद्धार्थ राजदरबार छाडेको घटना स्मरण गरि महाभिनिष्क्रमण दिवस मनाईयो ।

तौलिहवाका शाक्यकुलका सिद्धार्थ शाक्य घोडामा चढेर पुर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो । पिस टर्च देखाउदै सिगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाडदै गरेको दृष्य निक्कै रोमाञ्चक थियो । तिन वटा घोडामा पालैपालो नेपाल पर्यटन बोर्डका पदाधिकारी र स्थानीय घोडा चढेर सांकेतिक रुपमा दरबार बाहिर निस्केका थिए । असार पुर्णिमा कै दिन गौतम बुद्धले आफ्नो गृह त्याग गरि सेतो कन्थाक घोडामा चढेर पुर्वीद्धाराबाट निस्केका थिए । सोही छणलाई स्मरण गर्दै पुर्णिमाको दिन राती १२ बजे त्यसको झाल्को दिने उद्धेश्यले कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सदभावना राजदुत विक्रम पाण्डेले बताउनु भएको छ ।

कार्यक्रममा उपस्थित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारीले कार्यक्रममा बुद्धको झल्को दिएकोले यस ठाउँको प्रचारप्रसार भए पनि पर्यटकलाई यहाँ बस्नाको लागि यहाँ नै बासोबाँस गर्नेले लाग्नु पर्ने बताएका छन् । वुद्धिष्ट सरकिटस् डटकम र कपिलवस्तु टुरिजमले पर्यटन प्रबद्र्धन गरि नयाँ पर्यटकीय गन्तब्यको विकास गर्न तिन वर्षदेखि मध्य रातिमा दिवश मनाउदै आएको छ । २६१६ औँ गृह त्याग गरेको घटना स्मरण गर्दै देखाईएको थियो ।

असार पूर्णिमाका मध्य रात राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्थामा राजशी सुखसयल त्याग गरेर दरबार छाडेका थिए ।

प्रतिक्रिया

खबर सबै