बेरोजगार २५ युवाहरुले लिए कपिलवस्तुमा आल्मुनियम फेब्रिकेटर तालिम

कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकामा बेरोजगार युवाहरूलाई आल्मुनियम फेब्रीकेटर तालिम प्रदान गरिएको छ । मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत कपिलवस्तु नगरपालिकाको अयोजना तथा लुम्बिनी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.को सहकार्यमा नगरपालिकाका २९ जना बेरोजगार युवाहरुलाई सो तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
२५ दिन सम्म सञ्चालित १६० घण्टा अवधिको आल्मुनियम फेब्रिकेटर बिषयको तालिम कार्यक्रम मार्फत २९ जना बेरोजगार युवाहरुलाई आज कपिलवस्तु नगरपालिकाको सभाहलमा तालिम प्राप्त गरेको प्रमाण पत्र प्रदान पनि गरिएको छ ।
तालिमले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन महत्वपूर्ण भुमिका रहेको मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रमका सहजकर्ता रुकैया खातुनले बताउनु भएको छ ।

प्रतिक्रिया

खबर सबै