

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न संयुक्त विद्यार्थीको माग


काठमाडौं
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् ।
नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गरेका हुन् ।
विद्यार्थीहरुले विभिन्न शीर्षकमा असुलिने करको दायरा घटाएर उपभोक्तालाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न मागसमेत गरेका छन् ।
पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।
खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।



खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया