पेट्रोलियम पदार्थको मूल्यबृद्वीकाे नेविसंघ बुद्वभूमिद्वारा विरोध

कपिलवस्तु । सरकारले पटक पटक पेट्रोलयम पदार्थमा मूल्य बृद्धि गरेकाे निर्णयको नेपाल बिद्यार्थी संघ बुद्धभुमी नगरपालिकाले बिरोध गरेको छ । नेबिसंघ बुद्धभुमी कपिलवस्तुको आयोजनामा पुर्व पश्चिम राजमार्गको गोरुसिंगे बजारमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी बिद्यार्थीले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । त्यसै गरि कोरोनाको कहरका बेला सरकारले चोरबाटो बाट मुल्य बृद्धि गरर नागरिकको ढाड सेकेको, अबैधानिक तवरले संसद बिगठन गरेको भन्दै प्रधानमन्त्री बिरुद्ध समेत चर्को नाराबाजी गरिएको थियो । बिद्यार्थीहरुको बिरोधका कारण केहि समय आवागमन समेत प्रभावित भएको थियो । ¥याली पछिको कोणसभामा बोल्ने बक्ताहरुले पेट्रोलयम पदार्थमा गरिएको मुल्य बृद्धि फिर्ता गरिनु पर्ने, संसद बिगठन बिरुद्ध सबै एक हुनु पर्ने बताएका थिए । बिरोध कार्यक्रममा पार्टी नगर सभापति माधव दमासे, पार्टी नेता दधिराम न्यौपाने, नेबिसंघका रुपक राज खनाल, कल्याण खनाल, संदिप पौडेल, बिष्णु न्यौपाने लगायत सहभागी रहेका थिए ।पटक पटक असंबैधानिक कार्य गर्दै आएको सरकारले पेट्रोलयम पदार्थमा मूल्य बृद्धि गरेर आम नागरिकलाई आहत पारे पछि बाध्य भएर आन्दोलन गरिएको नेबिसंघका नगर सभापति अच्युत अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै