
सरकारको खर्च : ८.५ प्रतिशतले बढ्यो

काठमाडौं
चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बताएको छ । आइतबार संघीय सरकारको १० महिनाको खर्च तथा आम्दानीको तथ्याङ्क अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारको खर्च गत वर्षभन्दा ८.५ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब ८१ करोड पुगेको छ । जबकि गत वर्ष सोही अवधिमा जम्मा ७ खर्ब ६० अर्ब ४८ करोड बराबरको मात्र खर्च भएको मन्त्रालयद्धारा जारी बुलेटिनमा बताइएको छ ।
यस्तो खर्च चालूतर्फ ६ खर्ब ३० अर्ब २० करोड र पुँजीगततर्फ एक खर्ब २५ अर्ब ८८ करोड भएको मन्त्रालयको भनाई छ । यता, वित्तीय व्यवस्थापन तर्फ सरकारले सोही समयमा कुल ६८ अर्ब ७२ करोड खर्च गरेको जनाएको छ ।
मन्त्रालयकाअनुसार समीक्षा अवधिमा संघीय सरकारको खर्च चालू तर्फ र पुँजीगत तर्फ क्रमशः १०.२ प्रतिशत र १०.२ प्रतिशतले बढेको र वित्तीय व्यवस्थापनतर्फ भने यसपटक ७.४ प्रतिशतले घटेको जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया