वडाध्यक्ष गिरीको नेतृत्वमा बन्यो चोक चोकमा छाता प्रतिक्षालय

सागर पौडेल ,कपिलवस्तु – सधैँ नुमना काम गरेर चर्चामा आउने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरी फेरि चर्चामा आउनुभएको छ । आफ्नो वडाका महत्वपूर्ण ४ चोकमा ‘छाता प्रतिक्षालय’ ठड्याएर चर्चामा आउनुभएको हो । नयाँ खालको प्रतिक्षालय बनेपछि ती चोकहरु पनि आकर्षक देखिएका छन् ।

एउटा छातामुनि १३ देखि १५ जनासम्म बस्न मिल्ने गरी बनाइएका ती प्रतिक्षालय वडाको ८ लाख बजेटमा निर्माण भएका वडाध्यक्ष गिरीले  बताउनु भयो । अहिले मोतिपुरको बाँणीगाउँ, धैरेनीडाँडा, कोइली बनगाई र खारखानीमा ती आकर्षक प्रतिक्षालय बनाउन आफुले जिम्मेवारी पाएको गैरे एक सेवा अनेकका प्रमुख रहेका कृष्ण गैरे ( जिरे)ले जानकारी दिएका छ्न ।

प्रतिक्षालयमा पुरै फलामको प्रयोग छ । ती प्रतिक्षालय केवल आरामको लागि मात्र नभएर महिला समूहका स–साना वैठकहरु पनि बस्ने गरी बनाइएको वडाध्यक्ष गिरीले बताउनु भयो । जिल्लाभित्र र बाहिरका जनशक्तिसंगै स्थानीय युवाहरुको सहयोगमा प्रतिक्षालय बनेका उहाँको भनाई छ ।

बिभिन्न स्थानमा डुल्दा, घुम्दा र होटल रेष्टुरेन्टमा खाजा खाँदा देखेका छाता प्रतिक्षालयले आफ्नो मन खिचेपछि यस्तो कल्पना आएको वडाध्यक्ष गिरीले बताउनुभयो । वडामा पनि यस्तै प्रतिक्षालय बनाउन सकिन्छ कि भनेर सोँच बनाई सोको अध्ययन र अनुसन्धान गरी वडाबाट  बजेट बिनियोजन गरी अहिले निर्माण सम्पन्न गरेको बताउनुभयो । गैरे एक सेवा अनेकका प्रमुख रहेका कृष्ण गैरे ( जिरे) ले सो योजना सम्मप्न गरेका थिए ।

bishnu giri 11.jpg

यी प्रतिक्षालय बनाउँदा वडाको सुन्दरता पनि बढेको र जग्गाको समस्या, वर, पिपलका रुखहरुको फँडानीका कारण आराम गर्ने ठाउँ धेरै ठाउँमा नहुँदा समस्या भएको देखेपछि यस्तो परिकल्पना आएको उहाँले बताउनु भयो ।

अझ आगामी बर्ष पनि थप ब्यवस्थित गरि अन्य छाता प्रतिक्षालय बनाउने उहाँको योजना रहेको  सुनाउनुभयो ।

प्रतिक्रिया

खबर सबै